चारै जवान सन्तान दृष्टिविहीन भएपछि अभिभावकलाई तनाव

इटहरी/ ‘के सोचें मैले के भयो अहिले’ भन्ने गीतझैं इटहरी–२ तामाङ टोल निवासी लक्ष्मण र मनमाया तामाङले जिन्दगीमा त्यस्तै अपत्यारिलो दैनिकी भो...

इटहरी/‘के सोचें मैले के भयो अहिले’ भन्ने गीतझैं इटहरी–२ तामाङ टोल निवासी लक्ष्मण र मनमाया तामाङले जिन्दगीमा त्यस्तै अपत्यारिलो दैनिकी भोग्नु परिरहेको छ ।
फायलफाेटाे
“छोराछोरी बढ्लान्, पढ्लान् र बूढेसकालको जीवनमा सुख पाइएला भन्ने सोच्दा सोच्दै लक्ष्मण र मनमायाको जीवन कष्टकर बन्न पुग्यो । चार सन्तान जन्मेर बाँसको तामा झैँ हुर्कँदै गए । पढ्नका लागि विद्यालय जान थाले । पढ्दै गए । पढाइमा पनि अब्बल बन्दै थिए तर नौ वर्षको उमेर पुगेपछि जेठी छोरी अस्मिताको आँखा एकाएक बन्द भयो । ऊ दृष्टिविहीन बन्न पुगी । ऊ देख्न नसक्ने भई घरको कोठामा कैदी जीवन बिताउन बाध्य बनी । तामाङ दम्पतीका लागि यो कम्ती पीडादायी घटना भएन ।
लक्ष्मण भन्छन्, “यस्तो पीडा अरु कसैलाई नपरोस् ।” हुर्केर पढ्न थालेकी छोरीका लागि तामाङ दम्पतीले धेरै अस्पताल धायो, धामीझाँक्री लगायो थुप्रै दौडधूप र खर्च भयो तर अहँ केही उपाय लागेन । अहिले मनमाया र लक्ष्मणका लागि चार सन्तानको हेरचाह र स्याहार चुनौतीपूर्ण बनिरहेको छ ।
अर्को सन्तानका रुपमा जन्मिएको जेठो छोरो सरोज पनि स्कुल जान थाले । दिदीको त्यो अवस्था भए पनि छोरो त सद्दे होला भन्ने आमाबाबुको सपना सरोज नौ वर्ष पुगी कक्षा २ मा पढ्दै गर्दा आँखाको दृष्टि एकाएक गुम्यो । जेठी छोरी अस्मितापछि जन्मिएको सरोज पनि दृष्टिविहीन बनेपछि आमाबाबु निराश भए ।
जेठी छोरी र छोराको त्यो हाल भएपछि हुर्कँदै, बढ्दै र पढ्दै गरेकी अर्की छोरी सुस्मिता पनि विद्यालय पढ्दापढ्दै नौ वर्ष पुग्नासाथ उनको पनि दृष्टि गुम्यो । उनले पनि दिदी र दाजु झैँ घरको एउटा कोठामा कष्टकर जीवन बिताउनुपरेको छ ।
मनमाया र लक्ष्मणको कान्छो सन्तानका रुपमा जन्मिएका सन्दीप पनि अन्य सन्तान सरह नौ वर्ष पुगेर दृष्टिविहीन भए । ऊ पनि कक्षा– २ मा राम्रोसँग पढ्दा पढ्दै दृष्टिविहीन बन्न पुग्यो । जीवनको उत्तराद्र्धतिर पुग्दै गरेका आमाबाबुको जीवन झनै कष्टकर र कहालीलाग्दो बन्यो ।
तामाङ समुदायले पनि उनीहरुको आँखाको रोगको उपचारका लागि धेरै दौडधूप गर्यो तर जहाँ लगे पनि उनीहरुको उपचार सम्भव नहुने भन्ने चिकित्सा विज्ञानका विज्ञले तामाङ दम्पतीलाई निराशाजनक उत्तर दिए । अहिले कान्छो सन्दीप १२ र जेठी छोरी अस्मिता २६ वर्षका तथा अरु दुई जना २५ र १७ वर्षका छन् । सबै दृष्टिविहीन सन्तानको स्याहारमा संलग्न मनमाया र लक्ष्मणको दैनिकी पनि ज्यादै कष्टकर छ ।
तामाङ दम्पतीमा परेको यस पीडामा थोरै भए पनि मल्हमपट्टी लगाउन नेपाल तामाङ घेदुङ युवा समिति र इटहरी मल्टिमिडिया समूहले ‘१० रुपियाँको चिया पिऔँ, मनमाया र लक्ष्मण तामाङको दृष्टिविहीन सन्तानमा सघाउ पु¥याऔँँ’ भन्ने तीनदिने अभियान चलाएका छन् । मानवीय सहयोग जुटाउने अभियान थालेको चन्द्र गोम्देनले जानकारी दिए। रासस

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: चारै जवान सन्तान दृष्टिविहीन भएपछि अभिभावकलाई तनाव
चारै जवान सन्तान दृष्टिविहीन भएपछि अभिभावकलाई तनाव
http://blastkhabar.com/wp-content/uploads/2017/09/rupa-dandarbha.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/23.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/23.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।