वाल दिवसको अवसरमा , वालविकाशका लागि कार्यक्रम

धरान/ वाल दिवसको अवसरमा मङगलबार धरान उपमहानगरपालीका कार्यक्रममय भएको छ । धरानका बिभिन्न ठाउहरुमा वालवालीका सम्बन्धि कार्यक्रम भएभने धरान ...

धरान/वाल दिवसको अवसरमा मङगलबार धरान उपमहानगरपालीका कार्यक्रममय भएको छ । धरानका बिभिन्न ठाउहरुमा वालवालीका सम्बन्धि कार्यक्रम भएभने धरान उपमहनगरपालीकाले पनि ३ वटा ठुला कार्यक्रम गरेको छ ।


बाल मैत्री शासन बाल अधिकारको सम्मान भन्ने नाराका साथ मनाइएको वाल दिवसमा धरान उपमहानगरपालीकाले चित्रकला प्रतियोगिता,हाजिरी जवाफ प्रतियोगिता र बक्तृत्वकला प्रतियोगीता आयोजना गरेको हो ।हाजिरी जवाफ प्रतियोगीतामा धरानका २६ वटा बिद्यालय सहभागि भएका थिए ।
प्रतियोगितामा धरानको वीजयपुर उच्चमाबि प्रथम,लोटल बिद्या विहार दोश्रो,आइडीयल बोर्डिङ स्कुल तेश्रो भएको थियो भने विष्णु मेमोरीयल बोर्डिङ स्कुल सान्तवना भएको थियो ।कार्यक्रमको प्रमुख अतिथी धरान १५ का वडाध्यक्ष नरेशकुमार इवारम थिए भने कार्यकालीकाका सदस्य तथा कार्यक्रम संयोजक सुवास राई रहेका थिए ।
बिजेता बिद्यालयले ट्रफि सहित क्रमश ५ हजार,४ हजार,३ हजार र १ हजार नगद पुरस्कार प्राप्त गरेका थिए । वाल दिवसकै अवसरमा आयोजीत चित्रकला प्रतियोगितामा धरान ५ को हिमाली माबि प्रथम भएको थियो भने युरेका उच्च माबी दोश्रो भएको थियो ।
धरान ६ को शिक्षा सन्देश बोर्डिङ स्कुल तेश्रो तथा आइडीयल बोर्डिङ स्कुल धरान १४ र सृजना बोर्डिङ स्कुल धरान १५ सान्तवना भएका थिए ।उनीहरुले ट्रफि सहित क्रमशः२५ सय,२ हजार,१५ सय नगद पुरस्कार पाए भने सात्तवना पुरस्कार पाएका विद्यालयले पाँच पाँच सय नगर पुरस्कार पाएका थिए ।प्रतियोगिताको निर्णयकमा बरिष्ट चित्रकार प्रमोद कुमार दत्त निर्णयक रहेका थिए ।
कार्यक्रमको प्रमुख अतिथी धरान उपमहानगरपालीकाका बरिष्ट प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद खतिवडा रहेका थिए भने सभापती शारदा वालिका उच्च माबिका प्रध्यानाध्यापक मेघराज भट्टराईले गरेका थिए ।
त्यसैगरि वाल दिवसकै अवसरमा आयोजीत बक्तृत्वकला प्रतियोगितामा सरस्वती माबी धरान ६ का सौखीन आचार्य प्रथम भए भने डिपो माबि धरानकी प्रतिक्षा श्रेष्ठ दोश्रो भइन । प्रतियोगिताको तेश्रो स्थानमा शिक्षा सदन माबि धरान १५ की बर्षा राई आइन भने सत्य शाहि बिद्यालयका प्रमेश पोख्रेल र शिक्षा सन्देश बोर्डिङ स्कुलकी बिर्षना बस्नेत सन्तवना भए ।प्रतियोगिताको निर्णयकमा प्राडा भिमप्रसाद खतिवडा,मोहन श्रेष्ठ र धरान उपमहानगरपालीकाको सुचना तथा पर्यटन बिकास अधिकृत सुनिल नेपाल रहेका थिए ।
कार्यक्रममो प्रमुख अतिथीमा धरान उपमहानगरपालीकाका बरिष्ट समाजिक बिकास अधिकृत गणेशप्रसाद खतिवडा रहेका थिए भने कार्यक्रमको सभापतीत्व श्रोत ब्यक्ति खेमचन्द्र अधिकारी रहेका थिए ।
विजेता विद्यालयलाई ट्रफि सहित क्रमशः२५ सय,२ हजार,१५ सय र पाँच पाँच सय नगद पुरस्कार प्रदान गरिएको थियो । धरानलाई बालमैत्री नगर बनाउने उदेश्यले धरान उपमहानगरपालीकाले वालवालीका क्षेत्रमा बिबिध कार्यक्रम गर्दे आएको र यो बर्षपनि वाल दिवसको अवसरमा कार्यक्रमहरु आयोजना गरिएको धरान उपमहानगरपालीकी वालवालीकाकी फोकल पर्सन निर्मला बस्नेतले बताइन ।
धरानका २० वटै वडामा वाल दिवसरको अवसरमा बिभिन्न कार्यक्रम आयोजना भएको उनले बताइन ।

स्राेत:blastkhabar

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: वाल दिवसको अवसरमा , वालविकाशका लागि कार्यक्रम
वाल दिवसको अवसरमा , वालविकाशका लागि कार्यक्रम
http://blastkhabar.com/wp-content/uploads/2017/09/hhhh.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/21.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/21.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।