अमरेशको भविश्यवाणी– कांग्रेस पहिलो हुन्छ, दोस्रो- दुई दिन पर्खनोस्

२७ भदौ, काठमाडौं । नेपालको राजनीतिमा बेलाबखत चर्चामा रहने गरेका पात्र हुन्– अमरेशकुमार सिंह । पछिल्लो समयमा सिंहको चर्चामा केही कमी आउन...

२७ भदौ, काठमाडौं । नेपालको राजनीतिमा बेलाबखत चर्चामा रहने गरेका पात्र हुन्– अमरेशकुमार सिंह । पछिल्लो समयमा सिंहको चर्चामा केही कमी आउन थालेको छ । दुई नम्बर प्रदेशमा चुनावी उत्सव सुरु भइसकेका बेला हामीले सिंह कहाँ होलान् भनेर सोधखोज गर्‍यौं। उनी सर्लाहीस्थित आफ्नै गृहजिल्लाको चुनावी अभियानमा खटिएका रहेछन् ।
भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा पढेका कांग्रेस सांसद अमरेशलाई कतिपयले राजनीतिक भविश्यवेत्ता एवं ‘अक्टोपस’ को समेत संज्ञा दिने गरेका छन् । हामीले सोध्यौं– मधेसको चुनावमा कुन दल पहिलो बन्ला ?
आफू पनि कांग्रेसकै नेता भएकाले हुनुपर्छ, अमरेशले मधेसमा नेपाली कांग्रेस नै पहिलो दल बन्ने ठोकुवा गरे । ‘थोरै सीटले नै किन नहोस्, दुई नम्बर प्रदेशमा कांग्रेस नै पहिलो बन्छ, यति चाहिँ अहिले नै भन्न सकिन्छ ।’
तर, दोस्रो नि ? यो प्रश्नको चाहिँ उनले जवाफ दिन सकेनन् । सिंहले भने– ‘यसका लागि मलाई दुई दिन समय दिनुहोस् । अहिले भर्खरै नोमिनेसन भएको छ, को कता लाग्छन्, माहौल हेर्न बाँकी नै छ । नोमिनेसनका बेला धेरै मानिसहरु पार्टी परिवर्तन गरेर यताउता लागेको अवस्था छ ।’
दोस्रो स्थानका लागि मधेसमा एमाले र राजपावीच प्रतिस्पर्धा हुन्छ त ? यो प्रश्नको पनि सिंहले सपाट जवाफ दिन सकेनन् । उनले आफ्नै गृहजिल्ला सर्लाहीको उदाहरण दिँदै भने– ‘मेरो जिल्लामा कांग्रेसले बढी सीट जित्छ, मेरो निर्वाचन क्षेत्रमा कांग्रेसले चारवटा स्थानीय तह जित्छ । यहाँ माओवादीको पनि प्रभाव बढेको छ ।’
अमरेशलाई हामीले अर्को प्रश्न सोध्यौं– मधेसमा एमालेको खास स्थिति कस्तो देख्नुभएको छ ? जवाफमा उनले भने दक्षिणतर्फ एमालेको कमजोर देखिएको छ, तर हाइवेमा एमालेको प्रभाव छ । उसले हाइवेमा जित्न सक्छ ।’
मधेसमा सक्रिय रहेका सिंहसँग हाम्रो अर्को पश्न थियो– मधेस केन्द्रित दलहरुमध्ये कुनचाहिँ दल ठूलो बन्ला ? फोरम वा राजपा ?
जवाफमा सिंहले फोरमभन्दा राजपा नै ठूलो दल बन्न सक्ने सम्भावना औंल्याए ।
चुनावका बेला आफ्नै गृहजिल्लामा अड्डा जमाएर बसिरहेका सिंहलाई हामीले निर्वाचन प्रचारमा अरु जिल्लातिर पनि खट्ने कि आफ्नै जिल्लामा केन्द्रित हुने भनेर प्रश्न गर्दा उनले जवाफ दिए– ‘अब प्रदेश र केन्द्रको चुनाव आइसक्यो, मेरो निर्वाचन क्षेत्रमा खट्नुपरेन ? म त समानुपातिकमा नलड्ने, प्रत्यक्ष चुनाव लड्ने नेता हुँ !’

source:onlinekhabar

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: अमरेशको भविश्यवाणी– कांग्रेस पहिलो हुन्छ, दोस्रो- दुई दिन पर्खनोस्
अमरेशको भविश्यवाणी– कांग्रेस पहिलो हुन्छ, दोस्रो- दुई दिन पर्खनोस्
https://farm5.staticflickr.com/4357/37179997845_4bbe9c0525.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/19.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/19.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।