पथरी र उर्लाबारीमा डेंगु नियन्त्रण अभियान

शनिश्चरे/ गत वर्ष डेंगु रोगबाट प्रभावित मोरङको पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकामा यस वर्ष डेंगु नियन्त्रणको अभियान थालिएको छ । जिल्ला ज...

शनिश्चरे/गत वर्ष डेंगु रोगबाट प्रभावित मोरङको पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकामा यस वर्ष डेंगु नियन्त्रणको अभियान थालिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयले पथरीशनिश्चरेको पथरी बजार र उर्लाबारी बजारमा सोमबार डेंगु नियन्त्रण सम्बन्धिको एकदिने अभिमुखीकरण कार्यक्रम राखी नियन्त्रण अभियान थालेको हो ।
पथरी र शनिश्चरे स्वास्थ्य चौकीको संयोजनमा पथरीमा सोमबार सम्पन्न कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चन्द्रदेव मेहेताले मंगलबारबाट पथरीशनिश्चरे तथा उर्लाबारीमा डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान नष्ट गर्ने ४ दिने अभियान अघि बढ्ने बताए । उनले कार्यक्रममा सहभागि विभिन्न पक्षका सरोकारवालामाझ कुलर, गमला, टिन, प्लाष्टिकका डब्बा, टायरहरुमा पानी जम्न नदिनु नै डेंगु रोग नियन्त्रणको उपाय रहेकाले सवैलाई सचेत गराउन अनुरोध गरेका छन् । उनले थपे ‘नगरपालिका तथा गाउँपालिकामार्फत समेत स्थानीयबासीले आफ्नो घर र वरपर स्थीर पानी जम्ने सरसामान नष्ट गर्नका लागि सवैलाई सचेत गराउनु आवश्यक छ ।’
कार्यक्रममा, कार्यालयका प्राविधिक रिपुमर्दन डोटेलले डेंगु सर्ने तथा यसको नियन्त्रणका उपायका बारेमा जानकारी गराए । डेंगु भाइरसका कारण हुने गर्छ । भाइरसको औषधि नै नभएकाले यसको लक्षणका आधारमा ज्वरोको औषधि गरिन्छ ।’– उनले भने ‘रगत जम्ने प्लेटलेसको मात्रा कम हुँदै गएमा चाँही रगत वग्ने समस्या भएर यसले मानिसलाई गम्भिर असर पार्दै ज्यान समेत लिन सक्छ ।’ सफा पानीमा वस्ने इडिस एजिप्टाई जातको पोथी लामखुट्टेका माध्यमबाट सर्ने भाइरसका कारण हुने डेंगुमा लामो समयसम्म उच्च ज्वरो आउने र जोर्नी ज्यादै दुख्ने हुन्छ । यो जातको लामखुट्टे रातमा नभई दिनको उज्यालोमा चाँही सक्रिय हुने गरेको देखिन्छ । ‘यस कारण राती सुत्दा झुल लगाएर मात्र यसबाट वच्न नसकिने अवस्था छ , दिउँसो चाँही सुरक्षित हिसावले वस्नु पर्नेहुन्छ ।’– पथरी स्वास्थ्यचौकीका निमित्त प्रमुख याम खड्काले प्रष्ट्याए ।
नगरपालिकाका प्रमुख दिलिपकुमार राईले पथरी बजार क्षेत्र लामखुट्टेजन्य रोगको जोखिमको क्षेत्र भएकाले यसमा सवै पक्ष मिलेर जनचेतना जनाउन र निरन्तर सरसफाई गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । उनले समग्र लामखुट्टे नियन्त्रणका लागि नै अभियान थाल्न नगरपालिका पनि तयार रहेको जनाए । लामखुट्टेका कारण सुँगुर हुँदै सर्ने जापानिज इन्सेफ्लाइटिसबाट अव्यवस्थित सुँगुरपालन रहेको पथरी बजार क्षेत्रमा यसअघि २ जनाको ज्यान गएको थियो । लेटाङमा भनें यो रोगबाट ५ जनाले ज्यान गुमाउन पुगेका थिए । पथरी बजार क्षेत्रबाट सुगुँर पालन हटाउन किरात मार्ग टोल संस्थाले नगरपालिका कार्यालयमा मागपत्र समेत पेश गरेको छ ।
गत वर्ष झापाको दमकमा डेंगुले महामारीकै रुप लिएको थियो । जसबाट छिमेकी नगर उर्लाबारीमा गत वर्ष ९ जनामा डेंगु देखा परेको थियो भनें यस वर्ष एकजनामा देखा परेको छ । पथरीशनिश्चरेको पथरी बजारमा गत वर्ष ३ जनामा यो रोग देखा परेको थियो ।
    
स्राेत:blastkhabar

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: पथरी र उर्लाबारीमा डेंगु नियन्त्रण अभियान
पथरी र उर्लाबारीमा डेंगु नियन्त्रण अभियान
http://blastkhabar.com/wp-content/uploads/2016/07/dengu.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/17.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/17.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।