एकल तथा असाहय बिष्णुमायाको खुसी फर्किएको दिन

बेलबारी , जेसिज र स्थानीय नक्सालबारी युवा समुह लगायत केही मनकारीहरुकाे सहयाेग । करिब एकसाताअघि मोरङ बेलबारी १ नक्सालबारीकी एक ल तथा असाह...

बेलबारी , जेसिज र स्थानीय नक्सालबारी युवा समुह लगायत केही मनकारीहरुकाे सहयाेग
करिब एकसाताअघि मोरङ बेलबारी १ नक्सालबारीकी एक
ल तथा असाहय ५२ बर्षिया बिष्णुमाया खडकाको भत्किएको घरमा पुग्दा उनी १० बर्षीय छोरा च्यापेर मलिन अनुहार लिएर मनकारी दाताहरुको आशमा थिईन । उनलाई आशा त थिएन यतिका बर्ष आफन्तले त के दैवले समेत आफनो पिडा नसुनेको र नदेखेको बेला के दाताहरुको मन पग्लिएला र आफुलाई सहयोग गर्लान । उनको भत्किएको घर निर्माणमा बेलबारी जेसिज र स्थानीय नक्सालबारी युवा समुह लगायत केही मनकारीहरुले उनको घर निर्माण सँगै उनको छोरालाई निशुल्क पढाईदिने खबर पाएपछि सोमबार बिहान ८ बजे त्याँहा पुग्दा माहोल अर्कै थियो ।
भत्किएको घर भएको ठाँउमा एउटा छानो लगाउने अबस्थामा पुगेको घर ठडिएको थियो । घरको भुईँ ढलान कार्य भईरहेको थियो । नक्सालबारी युवा समुहका केही युवाहरु,स्थानीय हस्त बहादुर थापा,छेवैको घरमा वडाअध्यक्ष चक्र बहादुर खुलाल थिए । भुईँ ढलानका लागी बेलबारी जेसिजका अध्यक्ष माधवराज थापा,उपाध्यक्ष दिपेन्द्र खुलाल मसाला मुछ्नका लागी बाल्टिनमा पानी बोक्न ब्यस्त थिए भने महासचिब हेमसागर ढकाल मसला मुछ्नमा ब्यस्त थिए । केही युवा छानो लगाउने तयारी गर्दै थिए ।

त्यतिकैमा बिष्णुमाया हस्याङफस्याङ गर्दै आईपुगिन,एकसाताअघि सम्म बोल्न समेत डराउने उनी हँसिलो मुद्रामा नजिकै आईन र भनिन म त बोल्न पनि जान्दिँन तरपनि जसले मेरो घर निर्माण गरिदिनुभयो साह्ै खुसी लागेको छ । एकसातायता त दाता बाटै आएको चामलले छाक टरेपछि उनले जंगलमा गएर दाऊरा ल्याउन समेत छोडेकी रहिछन । उनले छोराले निशुल्क पढन पाएकोमा झनै खुसी ब्यत्त गरिन । उनका छोरालाई जेसिजका उपाध्यक्ष दिपेन्द्र खुलाले निशुल्क पढने ब्यबस्था मिलाईदिएका रहेछन ।

गरिवीको पिडा एकातिर छँदै थियो,सँगै ज्युने सँगै मर्ने कसम खाएका श्रीमानलाई समेत दैवले चुँडेर लगेपछि बिक्षिप्त बनेकी मोरङ बेलबारी १ नक्सालबारीकी बिष्णुमाया खडकाको जिवनमा अर्को बिपत्ति आईपरेको थियो । अबिरल बर्षासँगै उनी बस्ने छाप्रो समेत भत्किएपछि उनको बिजोग भएको थियो । दाऊरा खोज्ने क्रममा छेस्कोले घोचेर एउटा आँखा समेत गुमाएकी उनी दाऊरा बेचेर जिवनयापन गर्दै आएकी थिईन । दाउरा समेत बिक्न छोडेपछि उनको जिवन झन असहज बन्दै गएको थियो ।
यही बिचमा उनको जिवनमा अर्को बज्रपात आईलाग्यो । बर्खाको झरीमा उनी यतिबेला बेसाहारा झै बनेकी थिईन । उनलाई बस्नका लागी उनका माईतीले १० धुर जग्गा दिएपनि आर्थिक अबस्था कमजोर भएका कारण भत्किएको घर ठड्याउन समेत उनलाई धौ धौ परेको थियो ।

 स्राेत: Purbeli News

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: एकल तथा असाहय बिष्णुमायाको खुसी फर्किएको दिन
एकल तथा असाहय बिष्णुमायाको खुसी फर्किएको दिन
https://farm5.staticflickr.com/4380/36762079420_c2ee3896c7_b.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/15.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/15.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।