आत्महत्या गर्न खोज्नेहरुको कथा

२५  भदौ, काठमाडौं । नयाँबानेश्वरका ५० वर्षीय शिवराम अछामी राजधानीमा आयोजित एक कार्यक्रममा धरधरी रोए । उनले ०५० सालमा आत्महत्याको प्रयास ...

२५  भदौ, काठमाडौं । नयाँबानेश्वरका ५० वर्षीय शिवराम अछामी राजधानीमा आयोजित एक कार्यक्रममा धरधरी रोए । उनले ०५० सालमा आत्महत्याको प्रयास गरेका थिए । तर, सफल भएनन् ।
अछामीको प्रयास त असफल भयो नै, तर, उनका १३ वर्षीय छोरा र २२ वर्षीय छोरीले चाहिँ बुबाको पदचाप पछ्याउँदै आत्महत्याको बाटो रोजे । र, परिवारबाट सधैंका लागि विदा भए ।
अछामीको परिवारले राजधानीमा सामान्य व्यापार व्यवसाय गरेर गुजारा चलाइरहेको थियो । उनीहरुको व्यापार व्यवसाय एकाएक घाटामा गयो । व्यवसाय डुबेसँगै अछामी डिप्रेसनमा फसे ।
आर्थिक अवस्थामा आएको गिरावटसँगै उनले आफना सन्तानलाई निजी शैक्षिक संस्थाबाट निकालेर सरकारीमा भर्ना गराए ।
गहभरि आँशु लिएर स्वर अवरुद्ध पार्दै शिवरामले भने- ‘शायद त्यही नै कारणले हुन सक्छ, मेरा दुवै बच्चाहरुले आत्महत्या गरे ।’
तथापि छोराछोरीलाई सरकारी शैक्षिक संस्थामा पढाएकै कारण उनीहरुले आत्म हत्या गरेको ठान्नु अछामीको भ्रम मात्रै पनि हुन सक्छ ।
शिवरामको जस्तै ठूलो पीडा त मात्रिका देवकोटाले बेहोरेनन् । तैपनि अछामीले जस्तै आफूले पनि आत्महत्याको प्रयास गरेको चाहिँ उनी स्वीकार गर्छन् ।
राजधानीमा एउटा गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा देवकोटाले भने- ‘नौ कक्षामा पढ्दासम्म मलाई आत्महत्याको कुनै ख्याल मनमा आउँदैनथ्यो । म महत्वाकांक्षी तथा बढी पढ्नेखालको हुदाँ मलाई विस्तारै विस्तारै थकान महसुस हुने तथा नरमाइलो भने महसुस हुन थाल्यो ।’
वर्ष दिन बितिसक्दा पनि त्यस किसिमको नरमाइलो कम हुनुको साटो बढ्दै गएको देवकोटाले सुनाए । अन्ततः एसएलसी दिनेबेलासम्म आइपुग्दा आफू गम्भीर डिप्रेसनको शिकार भएको उनले महसुस गरे । आईएस्सी पढ्दासम्म उनले आफूलाई निरीह महसुस गर्न थाले ।
‘यतिसम्म कि बाहिर जादाँ पनि मेरा हातखुट्टा काँप्ने, आत्मविश्वास हराउने हुन थाल्यो । र, अन्त्यमा मैले २९ वर्षको उमेरमा डिप्रेसनको औषधीको ओभर डोज खाएर आत्महत्याको प्रयास गरें’, उनले भने ।
नेपालमा यतिबेला आत्महत्याका घटनाहरु बढिरहेका छन् । र, अछामी अनि देवकोटाका जस्तै वियोगान्त कहानीहरु धेरै सिर्जना भइरहेका छन् ।
नेपालमा कस्तो छ त आत्महत्याको दृश्य ? हेरौं केही तथ्यहरु –
एकै वर्ष ४६९५ आत्महत्या !
नेपालमा पाँच वर्षयताको तथ्यांकलाई आधार मान्ने हो भने ०६८ सालको तुलनामा आत्महत्याको संख्या बढ्दो क्रममा छ । ०६८ सालमा नेपालमा आत्महत्या गर्नेको संख्या ३९१८ रहेकोमा ०७३ सालमा यो संख्या बढेर ४६९४ पुगेको छ ।
प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको एक तथ्यांक अनुसार नेपालमा ०७३ सालमा आत्महत्याका कारण मृत्यु हुनेको संख्या ४६९५ देखिएको छ ।
यो संख्या प्रहरीमा दर्ता हुन आएका घटनाहरुको मात्रै हो । जब कि यसको यकिन तथ्यांक भने नेपालमा कसैसित छैन ।
‘केही समय छुटयाउ, खुलेर कुरा गराैं’ भन्ने नाराका साथ प्रत्येक वर्ष सेप्टेम्बर १० तारिख अर्थात, आजैका दिन विश्वभर विश्व आत्महत्या रोकथाम दिवस मनाइने गरिन्छ । र, नेपालमा पनि १५ औं विश्व आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
झुण्डिने धेरै, आत्महत्या गर्नेमा पुरुष बढी
यस अवधिमा आत्महत्याका कारण मृत्यु हुनेमध्ये झण्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै रहेको छ । झुण्डिएर आत्महत्या गर्नेमा पुरुष १७८५, महिला १४६१, बालक ६५ तथा बालिका ७९ छन् ।
त्यस्तै, विष सेवनद्वारा आत्महत्या गर्नेको संख्या ११८६ रहेकोमा पुरुषको संख्या ६०४, महिलाको संख्या ५५२, बालक २२ तथा बालिका ८ छन् ।
यसबाहेक, हामफालेर आत्महत्या गर्नेको संख्या ६८ रहेकोमा आफैंलाई आगो लगाएर आत्महत्या गर्नेको संख्या ३०, औजार तथा हातहतियार प्रयोगद्वारा आत्महत्या गर्नेको संख्या १३ , करेन्ट लगाएर आत्महत्या गर्नेको संख्या ३ तथा डुबेर आत्महत्या गर्नेको संख्या ५ छ ।
आत्महत्या गर्नेहरुमा पनि प्रजनन उमेर समूहका महिलाहरुको मृत्युको प्रमुख कारण आत्महत्या रहने गरेको छ । त्यस्तै, १५-२९ वर्ष उमेर समूहका मानिसका मृत्युको दोस्रो ठूलो कारण आत्महत्या रहने गरेको छ ।
आत्महत्याको ९० प्रतिशत कारण मानसिक समस्या देखिएको छ भने ६० प्रतिशत कारण डिप्रेसन देखिएको छ ।
आत्महत्या गर्नेमध्ये पनि महिलाको तुलनामा पुरुषको संख्या बढी रहेको कोशिश नामक गैरसरकारी संस्थाका कार्यक्रम अधिकृत लक्ष्मण नाथ बताउँछन् । उनी भन्छन्, ‘आत्महत्याको प्रयास गर्नेमा पुरुषको तुलनामा महिलाको संख्या तीन गुणा बढी हुने गरेको छ । तर मृत्यु हुनेमा भने पुरुष नै बढी हुने गरेका छन् ‘।
उराठलाग्दो महिनामा बढी आत्महत्या
नेपालमा आत्महत्या गर्नेको संख्या चैत महिनामा अधिक हुने गरेको तथा पुुस महिनामा कम हुने गरेको नाथले बताए । ‘यसको मुख्य कारण भनेको चैत महिना उराठलाग्दो हुने र दिक्क लाग्ने भएकाले पनि आत्महत्या गर्नेको संख्या बढी हुने गरेको अध्ययनहरुले देखाएका छन्,’ लक्ष्मण नाथले भने ।
यसबाहेक, नेपालमा आत्महत्याको मुख्य कारण विदेश पलायन, परिवारिक विखण्डन, घरेलु हिंसा तथा खुलेर नबोल्नु जस्ता कारढाहरु रहेको अध्येताको निश्कर्ष छ ।
सरकारले आत्महत्या रोकथामका लागि सरकारी स्तरबाट हालसम्म कुनै पहल नगरेको गुनासो पनि यस क्षेत्रका सरोकारवाला बताउँछन् । आत्महत्याको असफल प्रयास गरिसकेका उनै मात्रिका देवकोटा भन्छन्- ‘आत्महत्याको रोकथामका लागि सरकारले हालै वीर र त्रिवि शिक्षण अस्पताललगायतका विभिन्न सरकारी अस्पतालहरुमा हटलाइन सेवाको सुविधा उपलब्ध गराएको छ । यद्यपि, कागजी रुपमा बाहेक कुनै प्रयास भएको पाइँदैन ।’
नेपालको हकमा आत्महत्या रोकथामका लागि सरकारको तर्फबाट हालसम्म कुनै रणनीति, कार्यनीति तथा कार्ययोजना बन्न नसकेको देवकोटाले स्पष्ट पारे ।
‘विश्वमा वर्षेनी १० लाखले आत्महत्या गर्छन्’
विश्व स्वास्थ्य संगठनको एक अनुसन्धान अनुसार विश्वमा प्रत्येक वर्ष ८ देखि १० लाख मानिसको मृत्यु आत्महत्याका कारण हुने गरेको छ ।
विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार विश्वमा प्रत्येक ४० सेकेण्डमा एक व्यक्तिको मृत्यु हुने गर्छ । त्यस्तै, हातहतियारका कारण हुने मृत्यु, द्वन्द्व लगायत विभिन्न कारणले हुने मृत्युमध्ये आत्महत्याका कारण सबैभन्दा धेरै मानिसको मृत्यु हुने गरेको तथ्यांकमा उल्लेख छ ।
सन् २०१२ को एक तथ्यांक अनुसार विश्वका ७६ प्रतिशत आत्महत्या निम्न तथा मध्य आय भएका राष्ट्रहरुमा रहे गरेको छ भने ३९ प्रतिशत आत्महत्या दक्षिणपूर्व एशियामा हुने गरेको छ ।
विश्वका अन्य मुलुकका तुलनामा नेपालमा आत्महत्या गर्नेको संख्या धेरै भएको बेलायतमा आत्महत्या रोकथामका क्षेत्रमा कार्यरत इडिसन अस्टुडिलो बताउँछन् ।
उनका अनुसार विश्वमा हरेक २० जनामध्ये एकजनालाई कुनै न कुनै रुपमा आत्महत्याको सोच आउने गर्छ, जुन सामान्य हो ।
‘आत्महत्याले नेपाललाई मात्र नभएर विश्वलाई नै प्रभाव पारेको छ । यसको तथ्यांक हेर्ने भने विश्वको एउटा जेनेरेसन नै आत्महत्याका कारण समाप्त हुने अवस्था छ । यद्यपि यो रोकथाम गर्न सकिने मृत्यु भएकाले यसबारे खुलेर बोल्न आवश्यक रहेको अध्येताहरुको तर्क छ ।
कसरी रोक्न सकिन्छ आत्महत्या ?
‘यदि खुलेर बोलेको खण्डमा यसलाई रोक्न सकिन्छ भनेर अबदेखि हामी सबैले यसबारे खुलेर कुरा किन नगर्ने ?’, बेलायतमा आत्महत्या रोकथामका क्षेत्रमा काम गर्दै आएका इडिसन अस्टुडिलाले भने ।
यदि कसैको घरमा परिवारका कुनै सदस्यलाई आत्महत्याको सोच आइरहेको छ भने त्यसबारे खुलेर प्रश्न गर्न समेत उनले अनुरोध गरे ।
त्यस्तै कोशिशका कार्यक्रम अधिकृत राजेशकुमार सिंहले मानिसले आत्महत्या गर्नुपूर्व उसमा आत्महत्याको सोच २५ पटकसम्म आउने बताउँदै यसलाई गम्भीरतापूर्वक लिन जोड दिए ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: आत्महत्या गर्न खोज्नेहरुको कथा
आत्महत्या गर्न खोज्नेहरुको कथा
https://farm5.staticflickr.com/4377/36301409084_2cc6b15216_b.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/11.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/11.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।