माधव नेपालको भविष्यवाणी– कांग्रेस अब प्रजा परिषद् हुन्छ

१६ भदौ, चितवन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सत्तामा बसेर कांग्रेसले जनविरोधी काम गर्दै गएकाले उसको भविष्य प्रजा परिषद्को ज...

https://www.onlinekhabar.com/wp-content/uploads/2017/09/madhav-nepal.jpg१६ भदौ, चितवन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सत्तामा बसेर कांग्रेसले जनविरोधी काम गर्दै गएकाले उसको भविष्य प्रजा परिषद्को जस्तै हुने दाबी गरेका छन् ।
प्रेस चौतारी नेपाल चितवनले शुक्रबार बिहान चितवनको भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।
‘सत्तामा बसेर कांग्रेसले जनविरोधी काम गरिरहेको छ,’ नेता नेपालले भने, ‘कांग्रेसले यस्तै रवैया कायम राखे उसको हबिगत पनि प्रजा परिषद्को जस्तै हुन्छ ।’ उनले भष्टाचारीलाई निर्वाचन लड्न दिनुपर्ने प्रस्ताव निर्वाचनसम्बन्धी कानुनमा राख्न संशोधन दर्ता गराउनु निकै लज्जास्पद विषय भएको टिप्पणी गरे ।
‘भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने प्रस्ताव दुनियालाई नै लज्जित बनाउने विषय हो, यसले कांग्रेसको साखलाई नै गिराएको छ,’ नेता नेपालले अगाडि थपे, ‘यस्तै हो भने स्वाभिमानी नेपालीहरु जो देशको प्रगति र उन्नति देख्न चाहन्छन् उनीहरु किन कांग्रेसमा बस्ने ?’ कांग्रेस ‘आउट डेटेड’ औषधि जस्तो भएको भन्दै नेता नेपालले अब कांग्रेसले देशका लागि दिनसक्ने केही नभएको टिप्पणी गरे । ‘देशले कांग्रेसबाट लिन सक्ने पनि केही छैन् । जनताले उसलाई अस्वीकार गर्दै गएका छन्,’ नेता नेपालले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको प्रसंग कोट्याउँदै उनले देउवाले लम्पसारको नमूना पेस गरेको आरोप लगाए । ‘प्रधानमन्त्री भारत भ्रमणमा त जानु भयो, तर लम्पसार परेर आउनुभयो’, नेता नेपालले भने, ‘नेपालको आन्तरिक विषय, सार्वभौम संसदको अधिकारको विषयमा भारतलाई समेत हकदार बनाउने प्रयास उहाँले गर्नुभयो ।’
नेकपा एमालेमाथि मधेशमा भइरहेको आक्रमण अतिवादी राजनीतिक र अपराधिक मानसिकताबाट सिर्जित भएको भन्दै नेता नेपालले यसमाथि कडा कदम चाल्न सरकारसँग माग गरे । ‘जसले जतिसुकै एमाले मधेसविरोधी भनेर प्रचार वा आक्रमण गरे पनि प्रदेश नम्वर २ मा एमाले नै पहिलो पार्टी बन्छ, जनताको मनमनमा एमाले छ’, एमाले वरिष्ठ नेता नेपालले भने ।
निर्वाचन आचारसंहिता र निर्वाचन आयोगको २४ घन्टे स्पष्टीकरणबारे सोधिएको प्रश्नमा नेता नेपालले भने, ‘जनताले सूर्यको टोपी लगाइदिए, मैले निकालेर फाल्न मिलेन, मैले पनि ठानेँ उम्मेदवारको मनोनयन पछि लगाउन नपाउने होला भन्ने । ’
उत्तर कोरियाको आफ्नो भ्रमण शान्ति स्थापनाका कुराहरुमा नै जोड दिएर गरिएको नेता नेपालले स्पष्ट पारे । एमाले नेता नेपाल, नेपाल दुरसञ्चार कर्मचारी संघको आठौं केन्द्रिय परिषद् समारोह उद्घाटन गर्न प्रदेश नम्वर २ को चुनावी अभियान छाडेर चितवन आएका हुन् ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: माधव नेपालको भविष्यवाणी– कांग्रेस अब प्रजा परिषद् हुन्छ
माधव नेपालको भविष्यवाणी– कांग्रेस अब प्रजा परिषद् हुन्छ
https://www.onlinekhabar.com/wp-content/uploads/2017/09/madhav-nepal.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_90.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_90.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।