पतिबाट खोसेर मध्यरातमा बलात्कार

मोरङ । भाद्र ५ गते सांझ बिराटचोक निवासी थारु समुदायका एक जोडी तन्नेरी जोइपोइ आफ्नै बाइकमा सिनेमा हेर्न बेलबारीतिर लागे । दुवै जनाले आन...

मोरङ । भाद्र ५ गते सांझ बिराटचोक निवासी थारु समुदायका एक जोडी तन्नेरी जोइपोइ आफ्नै बाइकमा सिनेमा हेर्न बेलबारीतिर लागे । दुवै जनाले आनन्द मान्दै फिल्म हेरे । राती करिब ११ बजेतिर सिनेमा हेरिसकेर दुवैजना घरतर्फ लागे । तर घर जाने क्रममा लालभित्तिस्थित बृक होटल अगाडी पुग्दा बाइकको स्टार्ट बन्द भयो र बाइक रोकियो । के भएछ भनेर हेर्दा थाहा भो तेल सकिएको रहेछ ।
तर अचानक तेल रित्तिदा जोइपोइ छ्क्क परे । जे भएपनि घर पुग्न केहिकेहि उपाय लगाउनै पर्थ्यो । मध्यरात हुन लाग्दा नजिकै रहेको पेट्रोल पम्प पनि बन्द भइ सकेको थियो । त्यसैले खड्का पेट्रोल अगाडि आएर उनीहरू अक्क न बक्क परेर बसिरहे । केही बेरपछि एक जना मानिस बाइकमै पूर्व तिरबाट आयो । टोलाएका जोइपोइलाइ देखेर उसले बाइक रोक्यो र सोधिखोजी गर्यो । उनीहरूले पेट्रोल सकिएकोले अभर परेको बताए ।
आगन्तुक मानिसले आफ्नो मोटरसाइकलमा पनि तेल थोरै भएकोले निकाल्न नमिल्ने बरु तेल पाइने ठाउँसम्म पुर्याइदिने प्रस्ताव राख्यो । त्यही कुरामा सहमति जनाउँदै बूढो चाहिँ बुढीलाइ त्यहीं छाडेर अर्काको बाइकमा बस्यो । बाइकवालाले खोर्साने चोकमा पुर्यायो र माथिल्लो साइडको एउटा दोकानतिर देखाउदै त्यहाँको मानिसलाई बोलाएर तेल लिन भन्यो । तेल सोध्न उतातिर जान नभ्याउदै बाइकवालाले बाइक स्टार्ट गर्यो र एक्लै पुर्व्तिर भाग्यो । उता श्रीमतीलाई पेट्रोल पम्पमा एक्लै छाडेको र बाइकवाला पनि त्यतै गएकोले पेट्रोल खोज्ने मानिसको मन ठग्रङै भयो । त्यसैले पेट्रोल(सेट्रोल खोज्न छाडेर उ हतार हतार पैदल दौडेर लालभित्तिको पेट्रोल पम्पतिर हानियो । कुदेर पेट्रोल पम्प आइपुग्दा श्रीमती छैन, केबल पेट्रोल सकिएको बाइक मात्रै । तर पेट्रोल पम्प एरियामा भएका मानिस सुतिसकेका थिएनन् । त्यसैले उनीहरूलाई आफ्नी श्रीमतीको बारे सोधे ।
पम्पवाला साथी भाइहरुले बाइकमा आएको अर्को मानिसले श्रीमान भएको ठाउँमा पुर्याइ दिने भन्दै बाइकमा चढाएको र जबरजस्ती लालभित्तिबाट उत्तरतिर लगेको बताए । त्यसपछि पतिले साथीभाइहरुलाइ गुहार्न थाले फोन गरेर । उता अपहरित श्रीमतीको मोबाइल अफ थियो । बोलाइएका साथीभाइहरु आउन केहिबेर लाग्यो । अरु आइपुगेपछि हतार हतार लालभित्तिदेखि उत्तरतिर लागे । देवीझोडा पुगेपछि थाहा भो ती महिलालाई त्यतै ल्याएर बलात्कार गरी त्यो पापी भागिसकेको रहेछ । प्रत्यक्षदर्शीका अनुसार एक मानिसले मध्यराततिर जबर्जस्ती खोलातिर लगेको देखेपछि स्थानीय कुमाल टोलका तीन चार जना युवाले बाइकको पिछा गर्ने कोशिश गरेका थिए । निकैबेरपछि उनीहरू लोहोन्द्रा खोलामा पुग्दा उनीहरूले बाइकवाला र महिलालाइ भेटे पनि ।
त्यो पापीले महिलालाई बलात्कार गरिसकेको रहेछ किनकि उनी रोइरहेकी थिइन् । महिला रोइ कराइ गर्दै आएकोले युवाले खोलामा आएका महिला र बाइकवाललाइ केरकार गरे । बाइकवालाले महिलालाई उछिन्दै आफुहरु ब्वाइ फ्रेण्ड र गर्ल फ्रेण्ड भएकोले घुम्न आएको बतायो, तर त्यस्तो लाग्दैनथ्यो । त्यसैले युवाहरूले पहिले केही हुलिया जनाउने तथ्य प्रमाण सुरक्षित गरिसकेका थिए । युवाले त्यो बाइकवालालाइ नियन्त्रणमा लिने कोशिश पनि नगरेका होइनन् तर बाइकको चावी हरायो भन्दै उनीहरूलाई छ्क्याएर त्यो बाइकमा भागिहाल्यो ।
त्यो बाइकमा चाबी नै रहेनछ , चावी बिना नै स्टार्ट हुँदो रहरहेछ, त्यसैले त्यो भागिहाल्यो । केहिबेरमा त्यो मोबाइल स्विच अन गरेर सम्पर्क भएपछि लालभित्तिबाट आइपुगेका ती महिलाका श्रीमान अनि पब्लिक र स्रीमानले बोलाएर बेलबारी र केराबारीबाट प्रहरी टोली आइपुग्दा बलात्कारी भागिसकेको रहेछ । चारैतिर खोज्दा पनि त्यो मान्छे भेटिएन । इलाका प्रहरी कार्यालय बेलबारीले महिला बलात्कार भएको पुष्टि गरेको छ तर अपराधी पक्राउ परिनसकेको र अनुसन्धान भइरहेकोले थप बिवरण केही दिनपछि मात्र दिने बताएको छ । अम्बिका भण्डारीबाट

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: पतिबाट खोसेर मध्यरातमा बलात्कार
पतिबाट खोसेर मध्यरातमा बलात्कार
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_9.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_9.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।