विदेशबाट फर्किएकाको रोजाईंमा पर्दै अटो ट्याम्पो

विदेशबाट फर्किएकाको रोजाईंमा पर्दै अटो ट्याम्पो सुनसरी ३ असोज । भोजपुरका दिपक कार्की अहिले सुनसरीको धरानमा बस्छन् । कार्की चार बर्ष स...

विदेशबाट फर्किएकाको रोजाईंमा पर्दै अटो ट्याम्पो

सुनसरी ३ असोज । भोजपुरका दिपक कार्की अहिले सुनसरीको धरानमा बस्छन् । कार्की चार बर्ष सात महिना कतार र चार बर्ष दुवई बसेर २०७३ साल बैशाख ३ गते नेपाल फर्किए । कतारमा अफिस ब्वाई र दुवई सुरक्षा गार्डमा काम गरेका उनले घर फर्कीएर केही समय त अरु नै काम गर्ने निर्णय गरे । तर अरु काममा भन्दा अटो ट्याम्पोबाट राम्रो कमाइ हुने देखेपछि उनले पनि अटो ट्याम्पो किनेर चलाउन थाले ।
दैनिक झण्डै १५ युवा विदेश गएपनि दिनमा कति जना फर्किन्छन भन्ने तथ्याङक नेपाल सरकारसँग पनि छैन । तर विदेशबाट फर्किने धेरै जसोसँग नेपाल फर्किएर के गर्ने भन्ने योजना हुँदैन । त्यस्तै भएको थियो कार्कीलाई पनि । कतार र दुवईमा काम गर्दाको दुःख सम्झेर स्वदेशमै केही गर्छु भनेर फर्किए । तर बसुञ्जेल केही विकल्प नपाएरपछि अटो ट्याम्पो चलाउन थाले। ‘नेपाल फर्केर नि खाली बस्नुभन्दा फेरि जान्छु भन्ने लागेको थियो अटो ट्याम्पो कुरा सुनेर अर्काको देशमा गुलाम बन्नुभन्दा नेपालमै प्रयास गरौन त भनि हेरेको राम्रै भा छ ’ उनले भने ।1yogi
शहरमै नयाँ भित्रिएको अटो ट्याम्पोको कमाई सुरुका दिनमा गज्जवकै थियो । अटो ट्याम्पो चलाउनेहरुले एक दिनमा २ हजार देखि २५ सय रुपैयाँसम्म कमाउँथे । अहिले सङख्या थपिएको तर व्यवस्थापन राम्रो छैन त्यसैले कमाइ घटेको छ । तर पनि दिनको एक हजार चार सय त कतै जाँदैन । त्यसैले विदेशबाट फर्किने मोरङ् सुनसरी आसपासका धेरै युवाको रोजाईंमा पर्‍यो अटो ट्याम्पो ।
‘अहिले खासै यसै गर्ने प्लान छैन राम्रो अबसर पाए भने जान्छु पनि नत्र भने यहि ४० – ४५ हजार कमाई यतै हुने रछ …. खासै विदेश जाने मोड त छैन’ उनले भने। यसको व्यवस्थापन राम्रो भइदिने हो भने महिनाको २० – २५ हजार रुपैयाँ कमाउनकै लागि विदेशिने युवाले अवसर पाउँथे भन्ने सरोकारवालाहरुको भनाई छ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: विदेशबाट फर्किएकाको रोजाईंमा पर्दै अटो ट्याम्पो
विदेशबाट फर्किएकाको रोजाईंमा पर्दै अटो ट्याम्पो
http://purbelinews.com/wp-content/uploads/2016/09/1yogi.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_84.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_84.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।