सानुमायालाई नगद १ लाख ६४ हजार ५ सय राहत

सानुमायालाई नगद १ लाख ६४ हजार ५ सय राहत इटहरी । किरात राई यायोक्खा सुनसरीले निरन्तरको वर्षाका कारण गत महिनाको बाढीबाट पिडितहरुलाई शनिब...

सानुमायालाई नगद १ लाख ६४ हजार ५ सय राहत

इटहरी । किरात राई यायोक्खा सुनसरीले निरन्तरको वर्षाका कारण गत महिनाको बाढीबाट पिडितहरुलाई शनिबार राहत वितरण गरेको छ । इटहरी उपमहानगरपालिका वडा नं. ९ र १० का २ सय ७७ बाढीपिडितलाई वडा कार्यालयको समन्वयमा वडामै राहत वितरण गरेको हो । लत्ताकपडा, भाँडाकुँडा र खाद्यान्न सहितको करिब ४ लाख रुपैया बराबरको राहत वितरण गरिएको यायोक्खा सुनसरीका अध्यक्ष कमला राईले बताउनुभयो ।
उक्त राहत किरात राई साँस्कृतिक कलाकार संघ सुनसरी, किरात राई विद्यार्थी संघ सुनसरी र केन्द्रिय समिति, भोजपुर सुनसरी सेवा समाज, नारी एकता समुह धरान लगायत संघसंस्थाहरुको पहलमा संकलन गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो । यसअघि इटहरी स्थित तायारिप्ची भवनमा एक कार्यक्रमको आयोजना गरी बाढीमा करिब १५ किमी बगेर पनि बहादुरीपुर्वक बाँच्न सफल इटहरीकी सानुमाया राईलाई नगद १ लाख ६४ हजार ५ सय रुपैया सहयोग हस्तान्तरण गरियो ।

गत महिनाको बाढीमा आफ्नो घरजग्गा र परिवार सहित बगेकी सानुमाया बाढीमा परेको करिब ४ घण्टापछि रुख समातेर बाँचकी थिइन् । बाढीमा उनले घरजग्गा, आमा, भाई लगायत परिवारका अन्य सदस्य भने गुमाइन् । यायोक्खाका केन्द्रिय सल्लाहकार प्रा.डा. नोबलकिशोर राईको पहलमा काठमाण्डौमा संकलन गरिएको ७० हजार ५ सय रुपैया उक्त कार्यक्रममा राईलाई हस्तान्तरण गरिएको थियो ।
राहत वितरण कार्यक्रमका प्रमुख अतिथी यायोक्खा केन्द्रिय सदस्य श्रीशीशा राईले उक्त रकमको चेक र सम्मानपत्र पिडित राईलाई हस्तान्तरण गर्नुभएको थियो । युकेका शुभचिन्तकहरुले संकलन गरी पठाएको ९४ हजार रुपैया इटहरीका समाजसेवी रामप्रसाद राईमार्फत हस्तान्तरण गरिएको थियो ।सानुमायालाई सकुशल उद्धार गर्ने विरु क्रृषिदेव र अनिल क्रृषिदेवलाई समेत जनही १२ हजार ५ सयका दरले सहयोग प्रदान गरिएको थियो ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: सानुमायालाई नगद १ लाख ६४ हजार ५ सय राहत
सानुमायालाई नगद १ लाख ६४ हजार ५ सय राहत
http://purbelinews.com/wp-content/uploads/2017/08/kirat-rai-yakha.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_72.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_72.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।