बरका अटवारी पर्व मनाउँदै थारु समुदाय

बरका अटवारी पर्व मनाउँदै थारु समुदाय ११ भदौ, कञ्चनपुर । दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले आज बरका अटवारी (आइतबारी) पर्व ...

बरका अटवारी पर्व मनाउँदै थारु समुदाय

११ भदौ, कञ्चनपुर । दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले आज बरका अटवारी (आइतबारी) पर्व मनाउँदै छन् ।
कञ्चनपुरसहित थारु समुदायको बसोबास रहेका कैलाली, बाँके बर्दिया र दाङलगायतका क्षेत्रमा यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।
भाद्र शुक्लपक्षको प्रथम आइतबारका दिन दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभरि पानीसमेत नपिई व्रत बसी पुरुषद्वारा नै यस पर्वमा साँझ पख गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्नु पर्ने चलन रहेको छ ।
व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अन्तीको चामलबाट वरिया, रोटीलगायतका पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्याई बचेको बाँकी भाग व्रतालुले खाने चलन रहेको थारु अगुवा कालीप्रसाद चौधरीले बताए ।
व्रतालुले पकवान खानुअघि केही हिस्सा दिदीबहिनीका लागि निकाल्ने गर्छन् । जसलाई कहार्नी भन्ने गरिएको उनले बताए ।
व्रत बसेको साँझपख बहरी भन्ने कोठामा गाईको गोबरले लिपपोत गरी गन्यारी भन्ने काठबाट तीन चारजना मिली आगो बाली पवित्र रोटी र परिकार पकाउने गरिएको थारु अगुवा दानसिं दहितले बताए । रोटी र परिकार बनाउने ठाउँमा व्रतालुबाहेक अन्यलाई जान र छुनसमेत बर्जित हुने गरेको उनले जानकारी दिए ।
पकाएको रोटीसँगै अन्य पकवानलाई व्रतालु सबैको भागसँगै अर्को भाग छुट्याउने गरिन्छ जसलाई अग्रासन भन्ने गरिन्छ । व्रतालुले आ–आफ्नो भागबाट अर्को भाँडामा खाने कुरालाई अलग्याएर राख्ने गर्छन् । अलग्याएर राखेको खानेकुरा आइतबारको भोलिपल्ट दिदीबहिनीलाई दिने चलन यस समुदायमा रहेको छ ।
दिदीबहिनी दाजुभाइ आउने ब्यग्र प्रतीक्षामा बसेका हुन्छन् । वर्षभरि माइतीमा आउन नपाएका दिदीबहिनीले दाजुभाइसँग भलाकुसारी गर्ने गर्छन् । अग्रासन दिएर फर्कने क्रममा दिदीबहिनीले दाजुभाइलाई उपहार दिने गर्छन् । अटवारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चालगायतका पकवान र माछाको सिद्रा व्रतालुले ग्रहण गर्ने गर्छन् ।
यो पर्व थारु समुदायको दशैँपछिको ठूलो चाडपर्वका रुपमा रहेको छ । पौराणिक राजा दंगीशरणलाई शत्रुबाट बचाउन पाँच पाण्डवमध्येका भीमले सहायता गरी शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि यो पर्व मनाउँदै आएको थारु बुद्धिजीविको भनाइ छ ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: बरका अटवारी पर्व मनाउँदै थारु समुदाय
बरका अटवारी पर्व मनाउँदै थारु समुदाय
https://www.onlinekhabar.com/wp-content/uploads/2016/12/tharu-culture-sauraha-11.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_65.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_65.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।