नवराज सिलवालको मुद्दामा सुनुवाइ सकियो,भदौ २७ गते फैसला

नवराज सिलवालको मुद्दामा सुनुवाइ सकियो,भदौ २७ गते फैसला नवराज सिलवाल १५ भदौ, काठमाडौं । प्रहरी महानिरीक्षक...


नवराज सिलवालको मुद्दामा सुनुवाइ सकियो,भदौ २७ गते फैसला



नवराज सिलवाल
१५ भदौ, काठमाडौं । प्रहरी महानिरीक्षकमा बढुवासम्बन्धी विवादमा प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिट निवेदनमाथिको फैसला यही भदौ २७ गते हुनेछ ।
प्रधानन्यायाधीश गोपाल पराजुली त था न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको बृहत् पूर्ण इजलासले वादी र प्रतिवादी दुवै पक्षको बहस सुनेको थियो । आज सुनुवाइ सकिएको छ ।
सिलवालले कार्यसम्पादन र मूल्याङ्कनमा आफू पहिलो स्थानमा हुुँदाहुँदै पहिला जयबहादुर चन्द र पछि प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेर आफूमाथि अन्याय भएको जनाई सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
गत साउन १९ गते बहस नसिकएपछि आजका लागि पेशी तोकिएको थियो । सिलवालका पक्षबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, बद्रीबहादुर कार्की, तुलसी भट्ट तथा अधिवक्ता टीकाराम भट्टराई, दीपेन्द्र झालगायत बहस गर्नुभएको थियो । सरकारका तर्फबाट तत्कालीन महान्यायाधिवक्ता रमण श्रेष्ठले समेत बहस गरेका थिए ।
सरकारले प्रहरी महानिरीक्षकमा चन्दलाई बढुवा गरेपछि सिलवालले आफूलाई अन्याय भएको जनाई निवेदन भएको थियो । त्यसको सुनुवाइमा अदालतले कार्यसम्पादन र मूल्याङ्कनका आधारमा बढुवा गर्न परमादेश दिएको थियो । अदालतको उक्त आदेशपछि सरकारले प्रहरी महानिरीक्षकमा अर्याललाई बढुवा गरेको थियो ।
अर्यालविरुद्ध पनि सिलवाले निवेदन दायर गरेका थिए । त्यसको सुनुवाइपछि अदालतले सरकारका नाममा कारण देखाऊ आदेश दिएको थियो । त्यसपछि आज बहस सकिएर निर्णय सुनाउने तय गरिएको हो ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: नवराज सिलवालको मुद्दामा सुनुवाइ सकियो,भदौ २७ गते फैसला
नवराज सिलवालको मुद्दामा सुनुवाइ सकियो,भदौ २७ गते फैसला
https://www.onlinekhabar.com/wp-content/uploads/2017/02/Nawaraj-Silwal.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_62.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_62.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।