नेपाल प्रहरीद्वारा दलित बाढीपीडितलाई भोजन र उपचार

राजविराज, ७ भदौ । सप्तरीको राजविराज नगरपालिका–१ स्थित डुमरी शिवथानमा रहेको दलित बस्तीका बाढीपीडितलाई नेपाल प्रहरी र नेपाल प्रहरी अस्पताल, ...

राजविराज, ७ भदौ । सप्तरीको राजविराज नगरपालिका–१ स्थित डुमरी शिवथानमा रहेको दलित बस्तीका बाढीपीडितलाई नेपाल प्रहरी र नेपाल प्रहरी अस्पताल, काठमाडौँले मंगलबार सामूहिक भोजन तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरीले आयोजना गरेको सो सामूहिक भोजनका लागि रेडक्रश सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्दर भगतले आर्थिक सहयोग गर्नुभएको थियो ।
त्यहाँ रहेका करिब ७५० बाढीपीडित दलित परिवारलाई भात, दाल र तरकारी तथा अचारलगायतका भोजन खुवाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताउनुभयो । यस्तै, नेपाल प्रहरी अस्पताल काठमाडौँले विभिन्न रोगबाट पीडित ४५० बाढीपीडितलाई परीक्षण गरी झाडापखालाबाट बच्नको लागि औषधिसहित अन्य विभिन्न किसिमका औषधि पनि निःशुल्क वितरण गरिएको प्रहरी नायब उपरीक्षक उप्रेतीले जानकारी दिनुभयो ।
सो शिविरमा नेपाल प्रहरीका तर्फबाट विशेषज्ञ डा आशिष दत्त, डा शिरिष रेग्मी, डा रोशन निरौलासहित सातजनाको टोलीले स्वास्थ्य परीक्षणपछि निःशुल्क औषधिसमेत वितरण गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । बाढीपीडितका लागि आयोजित सो भोजन कार्यक्रममा राजविराजस्थित राजदेवीटोलमा रहेका भोलेनाथ टेन्ट हाउसले बाढीपीडितका लागि टेन्ट, खाना खाने टेबुल र कुर्सी सहयोग गरेको थियो ।
सो अवसरमा सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा दैवीप्रकोप उद्धार समितिका संयोजक भागिरथ पाण्डे, सगरमाथा अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक बलराम शर्मा पौडेल, जिल्ला प्रहरी कार्यालयका सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, प्रहरी नायब उपरीक्षक यादवराज उप्रेती, पत्रकार चन्दन यादवसहितका स्थानीय बुद्धिजीवीको समेत सहभागिता रहेको थियो ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: नेपाल प्रहरीद्वारा दलित बाढीपीडितलाई भोजन र उपचार
नेपाल प्रहरीद्वारा दलित बाढीपीडितलाई भोजन र उपचार
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_56.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_56.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।