डोरीमा झुन्डाएर प्रश्रव गराउन लागिएकी महिलाको ज्यान बच्यो

डोरीमा झुन्डाएर प्रश्रव गराउन लागिएकी महिलाको ज्यान बच्यो पाँचथर, ९ भदौ । पाँचथरको हिलिहाङ–४ साबिक पञ्चमी–८ की एक...

डोरीमा झुन्डाएर प्रश्रव गराउन लागिएकी महिलाको ज्यान बच्यो

पाँचथर, ९ भदौ । पाँचथरको हिलिहाङ–४ साबिक पञ्चमी–८ की एक सुत्केरी महिलाको समयमै जिल्ला अस्पताल पाँचथरमा ल्याउन सक्दा ज्यान बचेको छ । स्थानीयवासी २२ वर्षीया तारा लुवागुनलाई सुत्केरी व्यथा लागेका बेला छिमेकी लयप्रसाद सङ्ग्रौला आफ्नो खेतमा पानी लगाउन गएको बेला घरमा कोही मानिसको होहल्ला सुनेर उहाँ पनि त्यतैतिर जानुभयो ।
त्यहाँ उहाँले लुवागुनलाई केही महिलाले डोरीमा झुण्ड्याएर केहीले पछाडिबाट ठेल्दै त केहीले छेउ छेउबाट निचोर्दै गरेको देखेपछि उहाँले ‘यो के गरेको भनी सोध्दा’ त्यहाँ भएका महिलाले ‘यसलाई सुत्केरी गराउन लागेको’ भनेपछि सङ्ग्रौलाले उनलाई यसो गर्नु हुन्न यसो गर्नाले आमा र बच्चा दुवैको ज्यान जोखिममा हुन सक्छ, तुरुन्त जिल्ला अस्पताल लैजानुपर्छ भनी तत्काल सवारीसाधन समेतको व्यवस्था गरी स्वयंले लिएर आएको उहाँले बताउनुभयो ।
नियमित गर्भ जाँचसमेत गरेको बताउने लुवागुन सुत्केरी हुन भने कसैले पनि अस्पताल जानुपर्छ नभनेको बरु हामीले कतिवटा बच्चा जन्मायाँै ? भन्दै स्थानीयवासीले घरमै बच्चा जन्मिन्छ भनेको उहाँ सुनाउनुहुन्छ । उहाँ अस्पतालको श्ययामा आफ्नी छोरीका साथ हुनुहुन्छ । अहिले उहाँ भन्नुहुन्छ, “धन्य छ, लय काकाले मलाई बचाउनुभयो । अरूले अस्पताल जानु पर्दैन यहीँ हुन्छ भनेपछि आफूले डोरीमा झुण्डिएर बच्चा जन्माउन खोजेको लुवागुनले बताउनुभयो ।
“मैले केहीबेर ढिला गरेर देखेको भए यी महिला र बच्चा दुवैको ज्यान जोखिममा हुन सक्थ्यो”, सङ्ग्रौलाले भन्नुभयो, “हाम्रो समाजमा चेतनाको कमी त छँदै छ, तर यतिसारो पिछडिएकै छ भन्ने मलाई नै थाहा थिएन ।”  आर्थिकरुपमा समेत कमजोर र परिवारका अन्य सदस्यसमेत अपाङ्ग भएकी ती दलित महिलाका लागि सङ्ग्रौलाकै पहलमा जिल्लामा आर्थिक सहयोगसमेत जुटेको छ । अहिले उनलाई विभिन्न स्रोतबाट करिब रु १५ हजारभन्दा बढीको सहयोग भएको तारा स्वयंले बताउनुभयो । महिलाको शारीरिक अवस्थाको कारण पनि शल्यक्रिया गर्नु परेको भए पनि अहिले उनको र बच्चाको अवस्था सामान्य भएको डा पवनकुमार साहले वताउनुभयो ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: डोरीमा झुन्डाएर प्रश्रव गराउन लागिएकी महिलाको ज्यान बच्यो
डोरीमा झुन्डाएर प्रश्रव गराउन लागिएकी महिलाको ज्यान बच्यो
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_50.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_50.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।