नदी किनारमा घरबास, पानी परेपछि त्रासैत्रास

नदी किनारमा घरबास, पानी परेपछि त्रासैत्रास कटानले पूर्वी पहाडी जिल्लाका नदी किनारका दर्जन वस्ती जोखिममा ११ भदौ, ताप्लेजुङ। ठाडा र खहरे ख...

नदी किनारमा घरबास, पानी परेपछि त्रासैत्रास

कटानले पूर्वी पहाडी जिल्लाका नदी किनारका दर्जन वस्ती जोखिममा

११ भदौ, ताप्लेजुङ। ठाडा र खहरे खोला धेरै रहेका पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, तेह्रथुमलगायतका जिल्लाका नदी आसपासका दर्जन बढी बस्ती बाढीको जोखिममा परेका छन् ।
बस्ती आसपासमा रहेका खोलाहरुले बस्ती रहेको भाग कटान गर्न थालेपछि यी क्षेत्र जोखिममा परेका हुन् ।
तमोर नदी किनारमा मात्रै ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटामा दर्जनभन्दा बढी बस्ती रहेका छन् । काबेली, हेवा, मेवा, मैवा जस्ता नदी किनारमा बनाइएका बस्तीसमेत बाढीको जोखिमा रहेको जिल्ला भू–संरक्षण कार्यालय ताप्लेजुङले जनाएको छ । पछिल्लो समय अत्यधिक वर्षा र पहिरोका कारण नदीमा निरन्तर बाढी आउँदा नदी किनारका बस्ती जोखिममा रहेका हुन् ।
ताप्लेजुङको दुईवटा ठूला बजार दोभान र सिवा नदी किनारमा नै रहेको छ भने केही गाउँपालिकाको केन्द्र समेत नदी किनारमा रहेकाले बाढी आए जोखिम बढी हुने विज्ञहरुको भनाइ छ । अघिल्लो वर्ष तमोर नदीमा आएको बाढीले सदरमुकाम फुङ्लिङ जोड्ने मोटरेबल पुल बगाएपछि र मेवाको बाढीले बजारको तल्लोपट्टिको भाग कटान गरेपछि ठुलो पानी पर्नसाथ दोभान बजारका स्थानीय बाढी आउने डरले जागराम बस्ने गरेको स्थानीय व्यापारी टंक खतिवडाले बताए ।
हिउँदको समयमा नदी किनारको बस्तीमा बस्न रमाइलो भए पनि वर्षातको समयमा अधिकांश रात जागराम बस्नुपर्ने बाध्यता रहेको खतिवडाले बताए ।
ताप्लेजुङका नदी किनारमा २०२० को बाढीले बगर बनाएको क्षेत्रलाई बिराएर बढि बस्तिहरु निर्माण भएको जानकारहरु बताउँछन् ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: नदी किनारमा घरबास, पानी परेपछि त्रासैत्रास
नदी किनारमा घरबास, पानी परेपछि त्रासैत्रास
https://www.onlinekhabar.com/wp-content/uploads/2017/08/taplejung-dovan.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_47.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_47.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।