बाढीबाट दुई करोड चौहत्तर लाखका पशुपक्षी क्षति

बाढीबाट दुई करोड चौहत्तर लाखका पशुपक्षी क्षति चितवन । गत महिना आएको बाढीका कारण जिल्लामा रु दुई करोड ७४ लाख ४३ हजार बराबरको पशुपक...

बाढीबाट दुई करोड चौहत्तर लाखका पशुपक्षी क्षति

चितवन । गत महिना आएको बाढीका कारण जिल्लामा रु दुई करोड ७४ लाख ४३ हजार बराबरको पशुपक्षी क्षति भएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार बाढीका कारण सबैभन्दा बढी क्षति कुखुरामा भएको छ । ब्वायलरतर्फ रु एक करोड ३९ लाख ५० हजार, लेयर्स कुखुरा रु ८८ लाख ४४ हजार, स्थानीय कुखुरा रु तीन लाख तीन हजारको क्षति भएको छ । बाढीका कारण ११ वटा गाई मरेका थिए ।
यस्तै बाढीबाट रु आठ लाख २५ हजार बराबरका ५५ वटा बाख्रा, रु सात लाख ९० हजार बराबरका ७९ वटा बंगुर, हाँस २२४ वटा, चोकर १९० बोरा र दाना सात हजार ४५३ किलो नष्ट भएको कार्यालय प्रमुख डा डिल्लीराम सेढाईंले जानकारी दिनुभयो ।
बाढीबाट १३ वटा खोर÷गोठ नष्ट भएको छ । भरतपुर महानगरपालिकामा रु एक करोड २६ लाख ४६ हजार बराबरको पशुपक्षी क्षति भएको छ । रत्ननगर नगरपालिकामा रु ९२ लाख १४ हजार, माडी नगरपालिकामा रु तीन लाख तीन हजार, खैरहनी नगरपालिकामा रु ३१ लाख ६५ हजार, राप्ती नगरपालिकामा रु २१ लाख १५ हजार बराबरको पशुपक्षी क्षति भएको कार्यालयले जनाएको छ ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: बाढीबाट दुई करोड चौहत्तर लाखका पशुपक्षी क्षति
बाढीबाट दुई करोड चौहत्तर लाखका पशुपक्षी क्षति
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_4.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_4.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।