बाढीपीडितको उपचारमा जाँदै केसी

देउवासहित सबै मौन बस्नु भनेकै सम्बन्धनमा ठूलो चलखेल भाद्र ८, २०७४- ११ औं अनशन स्थगित गरेको नवौं दिन बिहीबार डा. गोविन्द केसी बाढीपीडितको...

देउवासहित सबै मौन बस्नु भनेकै सम्बन्धनमा ठूलो चलखेल

भाद्र ८, २०७४- ११ औं अनशन स्थगित गरेको नवौं दिन बिहीबार डा. गोविन्द केसी बाढीपीडितको उपचार गर्न सप्तरी जाने भएका छन् । उनले सप्तरीको बाढी प्रभावित क्षेत्र कञ्चनपुरमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेका हुन् । यसपछि उनी बाढी प्रभावित अर्को क्षेत्र तिलाठी जानेछन् । सप्तरीबाटै उनले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन खारेजीलगायत माग राख्दै सरकारलाई केही दिनको अल्टिमेटम दिने मनस्थितिमा डा. केसी रहेको उनी निकटहरूले बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा बुधबारदेखि भारत भ्रमणमा रहेकाले उनी फर्किएर आउञ्जेल केही दिन केसीले सरकारलाई माग पूरा गर्न समय दिनेछन् । मुलुकको चिकित्सा शिक्षा क्षेत्रमा भइरहेको भ्रष्टाचार, अपराध सार्वजनिक हुँदा पनि त्रिविका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवाले उपकुलपति तीर्थ खनियाँलाई कारबाही नगर्नुले सबैको मिलेमतोमा सम्बन्धनलगायत चलखेल भएको आरोप डा. केसीको छ । ‘गैरकानुनी सम्बन्धन प्रकरणमा प्रम देउवासहित वर्तमान सरकार कानमा तेल हालेर बस्नु भनेकै ठूलो चलखेल हो,’ केसी भन्छन् । हाल सरकार, दल, नेता, पदाधिकारीले आफ्ना माग नसुनेको उल्लेख गर्दै केसीले भने, ‘जनताले सरकारलाई माग पूरा गर्न बाध्य तुल्याउने छन् ।’


हाल आफू पूर्णरूपमा स्वस्थ नभए पनि बाढीपीडित नेपालीबीच पुगेर सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि प्राप्त हुने उनी बताउँछन् । आफ्नो सबैभन्दा लामो २३ दिनको अनशन स्थगन गरेको ९ दिन मात्र भएकाले अलि शारीरिक समस्या देखिन सक्ने भए पनि यसले खासै असर नपर्ने उनी बताउँछन् ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: बाढीपीडितको उपचारमा जाँदै केसी
बाढीपीडितको उपचारमा जाँदै केसी
http://assets-cdn.ekantipur.com/images/kantipur/health/KC-28072017081906-24082017062432-1000x0.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_30.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_30.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।