बाढीका कारण धानखेती बगरमा परिणत

इनरुवा -सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–१० जल्पापुरका अब्दुल रहमानले मेहनतका साथ पाँच कट्ठा जग्गामा धानखेती गर्नुभएको थियो ।  पाँ...


इनरुवा -सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–१० जल्पापुरका अब्दुल रहमानले मेहनतका साथ पाँच कट्ठा जग्गामा धानखेती गर्नुभएको थियो । 
पाँच कट्ठामा लगाएको धानले छ महिनासम्म खान पुग्ने भएकाले उहाँलाई आफ्नो जग्गा नभए पनि ऐलानी जग्गामा सुर्वणा धान लगाउनुभयो । तर त्यो धानबालीलाई केही दिन अगाडि आएको विनाशकारी बाढीले बगाएपछि अहिले उहाँलाई अब कसरी दिन बिताउने भने चिन्ताले सताएको छ । पाँच कट्ठा जग्गामा लगाएको धानबाट २५ देखि ३० मनसम्म उत्पादन हुने आशा गरेको धानखेती एक्कासि आएको बाढीले बगरमा परिणत गरिदिएपछि अहिले उहाँ चिन्तित हुनुभएको छ । 
रहमान जस्तै इनरुवा नगरपालिका–१० का डोमी मन्सुरीको अवस्था पनि उस्तै छ । उहाँले आफ्नै १० कट्ठा जग्गामा धानबाली लगाउनुभयो । तर एक्कासि केही दिन अगाडि आएको बाढीले धान बगाएपछि अहिले उहाँ चिन्तित हुनुभएको छ । रु ४० हजार लगाएर गरेको धानबाली बाढीले बगाएपछि अहिले उहाँलाई कसरी परिवार चलाउने भने समस्याले सताएको छ । वर्षभरि खान पुग्ने धानको बाली बगाएपछि कसरी वर्षभरि गुजारा चलाउने भने चिन्ताले रहमानलाई पिरोलिरहेको छ । 
उहाँ जस्तै जल्पापुरका मोहम्मद जाकिरको अवस्था पनि उस्तै भएको छ । उहाँले २०० देखि ३०० सम्म मजदुर ल्याएर मेहनतका साथ गरेको धानखेती बगाएपछि अहिले उहाँ के गर्ने भन्ने सोचमा पर्नुभएको छ । 
खेती गर्ने बेलामा पानीको अभाव, मजदुरको अभाव, हलो जोत्ने मजदुर तथा ट्र्याक्टरको अभावलगायतका समस्याका बाबजुद गरेको धानखेती छिनभरमै बगरमा परिणत भएपछि अहिले उहाँ समस्यामा पर्नुभएको छ । धानखेती बगरमा परिणत भएपछि उहाँ परिवार कसरी चलाउने भने सोचमा डुब्नुभएको छ । 
घरमा भएको अन्नपात, लत्ताकपडा, बाढीले बगायो, मेहनतका साथ गरेको धानबाली बाढीले बगायो अब के गर्ने भन्ने सोचमा परेको उहाँ बताउनुहुन्छ । 
उहाँहरु त सुनसरीका लागि उदाहरणका पात्र मात्र हुनुहुन्छ । उहाँहरु जस्तै जिल्लाका एक लाख कृषकले लगाएको १७ हजार ५०० हेक्टर क्षेत्रफलको धानखेती बाढीले बगाएको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ । उक्त धानबाली बाढीले बगाउँदा करिब रु दुई करोड बराबरको क्षति भएको जिल्ला कृषि विकास कार्यालय सुनसरीका प्रमुख राजकान्त झाले बताउनुभयो । 
यता जिल्ला कृषि विकास कार्यालय, सुनसरीले बाढीले बगाएको धानखेतीको तथ्यांक संकलन गर्ने काम भइरहेको जनाएको छ । धानखेती बाढीले बगाएको ठाउँमा अब पुनः धानखेती लगाउनतर्फ कृषकलाई प्रेरित गर्ने कृषि विकास कार्यालय सुनसरीका विकास अधिकृत दीपेन्द्र पोखरेलले बताउनुभयो । 
उहाँले तथ्यांक संकलन भएपछि कृषकलाई उचित क्षतिपूर्ति दिलाउनतर्फसमेत पहल गर्ने बताउनुभयो । त्यसैले धानबाली नष्ट भएका वास्तविक कृषकको विवरण संकलन गरेर राहत दिनेतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।   अजितकुमार झा


COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: बाढीका कारण धानखेती बगरमा परिणत
बाढीका कारण धानखेती बगरमा परिणत
http://ratopati.prixa.net/media/albums/badi_flood_18_EpiQQji1dU.JPG
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_26.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_26.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।