राष्ट्रपतिको ‘हनिमुन’मा ३१ लाखको मेकअप

एक सय दिनमा एउटा सामान्य व्यक्तिले आफ्नो सिँगारपटारमा कति खर्च गर्ला ? महिलाको हकमा मेकअपको खर्च अलिक बढि आउला तर पुरुषको हकमा चाहिँ सामान...

एक सय दिनमा एउटा सामान्य व्यक्तिले आफ्नो सिँगारपटारमा कति खर्च गर्ला ? महिलाको हकमा मेकअपको खर्च अलिक बढि आउला तर पुरुषको हकमा चाहिँ सामान्यतया खासै उल्लेखनीय नहोला त्यो खर्च ।
तर फ्रान्सका तन्नेरी राष्ट्रपति इम्यानुअल म्याक्रोले आफुले सत्ता सम्हालेको १ सय दिन अर्थात हनिमुन अवधिमा मेकअपमै झण्डै ३१ लाख रुपैयाँ बराबरको रकम खर्च गरेका छन् ।
ली प्वाइन्ट नामक म्यागेजिनका अनुसार राष्ट्रपति म्याक्रोले सुरुवाती १ सय दिनमा आफ्नो मेकअपमै २६ हजार युरो खर्च गरेका हुन् । यो तथ्यलाई राष्ट्रपति कार्यालयले समेत स्विकारेको छ ।
३९ वर्षीय म्याक्रो हालै एक हप्ते बिदा मनाएर काममा फर्किएका छन् । उनी फ्रान्सको चर्चित जलिट श्रम कानूनको विषयलाई लिएर चर्चामै छन् र यस्तोमा उनले मेकअपमा गरेको खर्चको खुलासा हुँदा उनी जनताको आलोचनाको सिकार हुने देखिएकोे छ ।
राष्ट्रपति भवनमा प्रवेश गरेयता उनले दुईजना मेकअप आर्टिस्टको बिल भुक्तानी गरेका छन् । जसमा एकजनाको १० हजार युरो र अर्काको १६ हजार युरोको बिल थियो ।
राष्ट्रपति कार्यालयले खर्चको बचाउ गर्दै आकस्मिक रुपमा मेकअप आर्टिस्टहरुलाई बोलाइएको भन्दै अबदेखि राष्ट्रपतिको कस्मेटिक बिल तीव्र रुपमा घट्ने दाबी गरेको छ । अहिले भुक्तान गरिएको बिलको रकम धेरै भएता पनि म्याक्रोले यसअघिका राष्ट्रपतिले मेकअपमा गर्ने गरेको खर्चको तुलनामा निकै भएको अधिकारीहरु बताउँछन् ।
गार्जियन पत्रिकाका अनुसार पूर्व राष्ट्रपति फ्रान्स्वा ओलन्द पनि यस्तै विवादमा परेका थिए । उनले १ सय दिनमा मेकअपमा ३० हजार युरो खर्चिएका थिए । उनले आफ्नो कपाल काट्नैका लागि एक नाई भर्ना गरेका थिए जसलाई चार महिनाको झण्डै १० हजार ज्याला दिइन्थ्यो । त्यस्तै पूर्व राष्ट्रपति निकोलस सार्कोजीले हरेक महिना आफ्नो मेकअपमा ८ हजार युरो खर्च गर्दथे ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: राष्ट्रपतिको ‘हनिमुन’मा ३१ लाखको मेकअप
राष्ट्रपतिको ‘हनिमुन’मा ३१ लाखको मेकअप
https://www.onlinekhabar.com/wp-content/uploads/2017/08/emanuyel.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_17.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_17.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।