काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘सुरक्षित मोटरसाइकल यात्रा’ अभियान शुरु गरेको छ । काठमाडौँ उपत्यकामा धेरै मानिस मोटरसाइक...
काठमाडौँ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘सुरक्षित मोटरसाइकल यात्रा’ अभियान
शुरु गरेको छ । काठमाडौँ उपत्यकामा धेरै मानिस मोटरसाइकल दुर्घटनाबाट ज्यान
गुमाएको भन्दै यसलाई कम गर्न महाशाखाले ‘सुरक्षित मोटरसाइकल यात्रा’
अभियानको शुरुवात गरेको हो ।
महाशाखाले बुधबार साँझ कार्यालय गएर घर फर्केका मोटसाइकल यात्रुलाई बीच बाटोमा रोकेर पाँच मिनेट ट्राफिक जनचेतनामूलक शिक्षा दिएर मोटरसाइकलमा स्टीकर टाँसेर छाडेको थियो ।
यो अभियान उपत्यकाको भद्रकाली, त्रिपुरेश्वर, महाराजगञ्ज, चाबहिल,
गौशाला, पाटन, जावलाखेल, नयाँबानेश्वर, कोटेश्वरलगायतका क्षेत्रमा सञ्चालन
भएको थियो । महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र
खनालले काठमाडौँ उपत्यकामा मोटरसाइकलको संख्या दिनानुदिन बढ्दै गएको र
मोटरसाइकलमा सवार गर्ने यात्रु धेरै दुर्घटना पर्दै गएको भन्दै उक्त अभियान
सञ्चालन गरेको जानकारी दिनुभयो । “यो अभियान क्रमशः ठूला सवारीसाधनमा समेत
लागू गर्दै लैजान्छौँ,”–प्रमुख खनालले भन्नुभयो ।महाशाखाले बुधबार साँझ कार्यालय गएर घर फर्केका मोटसाइकल यात्रुलाई बीच बाटोमा रोकेर पाँच मिनेट ट्राफिक जनचेतनामूलक शिक्षा दिएर मोटरसाइकलमा स्टीकर टाँसेर छाडेको थियो ।
अभियानका क्रममा ट्राफिक प्रहरीले लेन अनुशासन कायम राख्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउने, ओभरटेक गर्दा बाँयाबाट नगर्ने, कुनै पनि ठाउँमा जाँदा घरबाट केही समय छिटो निस्कनेलगायतका प्रशिक्षण दिएको थियो । प्रशिक्षण दिएका मोटरसाइकललाई स्टीकर टाँसेपछि पुनः प्रशिक्षण दिनु नपर्ने भएकाले स्टीकर टाँस्ने व्यवस्था गरिएको महाशाखाले जनाएको छ । हाल काठमाडौँ उपत्यकामा मात्र आठ लाखको हाराहारीमा मोटरसाइकल रहेका छन् । यो अभियानलाई प्रत्येक दिन सञ्चालन गरिने महाशाखाले जनाएको छ ।