इटहरी / शुक्रवार देखिको परेको अवरिल वर्षाका कारण आएको बाढीले पुर्वाञ्चलमा ३२ जनाको मृत्यु भएको छ भने २८ जना वेपत्ता भएका छन् । पुर्वाञ्चलमा...
इटहरी / शुक्रवार देखिको परेको अवरिल वर्षाका कारण आएको बाढीले पुर्वाञ्चलमा ३२ जनाको मृत्यु भएको छ भने २८ जना वेपत्ता भएका छन् । पुर्वाञ्चलमा सबै भन्दा बढी बाढीका कारण सुनसरीमा ८ जनाको मृत्यु भएको पुर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरिक्षक रमेश भट्टराईले जानकारी दिए ।
आफै डुवानमा रहको भएपनि नेपाली सेनाको पुर्वी पृतना मुख्यालय इटहरीले उद्धार खोज साथै व्यवस्थापनमा समेत महत्वपुर्ण भुमिका निभायो । पुर्वी तराईमा बाढीको समयमा नेपाली सेनाको पुर्वी पृतना मुख्यालय इटहरीले दुई हेलिकोप्टर सहित दक्ष जनशक्ती प्रयोग गरी उद्धार ,खोज, गर्ने क्रममा दुई हजार वढीलाई जिवितै उद्धार गर्न सफल भएको जनाएको छ । नेपाली सेनाले हेलिकोप्टर , मोटरवोट ,डुङ्गा साथै पहाडि क्षेत्रमा रहेका दक्ष जशक्तिीहरुलाई समेत तराई क्षेत्रमा ल्याएर परिचलान गरेको बताइएको छ । सेनाले अहिले पनि उद्धार कार्य जारी राखेको छ ।बाढीले बगाएका केही शवहरु भारतको विरपुर क्षेत्रबाट समेत संकलन गरिएको बताए । त्यसै गरी बाढीले झापा, मोरगं, सुनसरी, सप्तरी र सिराहाका २८ जनालाई बेपत्ता वनाएको छ । बाढीको समयमा सुरक्षा निकायहरु नेपाल प्रहरी ,सशस्त्र प्रहरी , नेपाली सेनाका साथै स्थानीयवासीले समेतले उद्धार तथा खोजमा महत्वपुर्ण भुमिका निभाएको समेत भट्टराईले जानकारी दिए ।
तत्कालीन उद्धार गर्ने कार्य देखि बाढी घट्दै गएको समयमा पनि मरेका पशुहरुलाई व्यवस्थापन गरी विभिन्न रोगजन्य संक्रमण फैलन नदिन डुवान ग्रस्त क्षेत्रमा काम गर्दै आएको छ । त्यसै गरी बाढी पिढीतका लागि राहत वितरण तथा व्यवस्थापनका कामहरु समेत हुँदै आएका छन । पुर्वाञ्चलमा ३५ हजार भन्दा घरपरिवार विस्थापीत वन्न पुगेका छन । विस्थापीतहरुलाई विभिन्न बिद्यालय तथा अन्य सुरक्षित ठाँउमा अस्थायी रुपमा वसोवासको व्यवस्था मिलाइएको छ ।