विमान खसाल्न विषाक्त ग्याँस या बम प्रयोग गर्ने तयारी थियो

सिड्नी ।   अष्ट्रेलियाको एक विमानलाई उडिसकेपछि खसाल्नेगरी बनाइएको भनिएको आतङ्कवादी योजनाका दोषीले उक्त विमानलाई विषाक्त ग्याँस वा बम पड्का...

सिड्नी । अष्ट्रेलियाको एक विमानलाई उडिसकेपछि खसाल्नेगरी बनाइएको भनिएको आतङ्कवादी योजनाका दोषीले उक्त विमानलाई विषाक्त ग्याँस वा बम पड्काएर खसाल्ने योजना बनाएको बताएका छन् । उक्त बम अपहरणगरी खसाल्ने योजना बनाएका उनीहरुसँगको बयानमा प्रहरीले उक्त तथ्य पत्ता लागेको जनाएको छ । त्यसमा संलग्न भएको आशङ्कामा सिड्नी क्षेत्रबाट कैयौँलाई पक्राउ गरेको छ ।
आइतबार बिहान प्रहरीले चार जनालाई गिरफ्तार गरेको जनाएको थियो । उनीहरुले यसरी विमान खसाल्ने योजना बनाएको तथ्य खुलेको प्रहरीलाई उद्धृतगर्दै अष्ट्रेलियाली पत्रिकाले सोमबार जनाएका छन् । यस विषयमा अनुुसन्धान सुरु गरिएको र अनुसन्धानकर्ताले उक्त हमलाको तयारीमा विस्फोटक सामग्रीको प्रयोग गर्ने योजना बनाइएको थाहा भएको बताएका थिए । पक्राउ परेकामध्येका दुइजना लेबनानी मूलका अष्ट्रेलियन नागरिक हुन् । उनीहरुका बुबा अष्ट्रेलियाली र आमा लेबनानी रहेका छन् । पक्राउ परेका मध्येका दुई जनाले सो खुलासा गरेका छन् ।
उक्त आतङ्कवादी हमलाको योजना प्रहरीले आइतबार बिहानै असफल बनाएको जनाएपछि अष्ट्रेलियाका सबै विमानस्थलमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । अष्ट्रेलियाको प्रहरीले विस्फोटक सामाग्रीको प्रयोग गरी विमानलाई खसाल्न लागिएको सूचनाका आधारमा गरिएको खोजीमा उक्त खतरनाक योजनाको पर्दाफास भएको जनाएको थियो । सोमबार पनि यहाँको सुरक्षा व्यवस्था निकै नै कडा पारिएको जनाएको छ ।
अष्ट्रेलियाली सरकारले आतङ्कवाद विरोधी कारबाही अन्तर्गत सो योजना विफल बनाउन प्रहरी सफल भएको भन्दै अब विमानस्थलमा सुरक्षा व्यवस्था निकै कडा बनाइने हिजो नै बताएको थियो । भारी हातहतियारले सुसज्जित प्रहरी र अष्ट्रेलियाको घरेलु गुप्तचर निकायका सदस्यहरुले सिड्नीका विभिन्न ठाउँमा छापा मारेर कैयौं व्यक्ति पक्राउ गरेका छन् । पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाइएको छैन ।
अष्ट्रेलियाको राजधानी सिड्नीबाट प्राप्त समाचारहरुमा सिड्नी सहर र यहाँका विमानस्थलमा थप सुरक्षाकर्मी बढाइएको छ । सरकारले यात्रुहरुलाई धैर्य धारण गर्न र हतास नभई यात्रा गर्न आग्रह गर्नुभएको छ । रासस÷एएफपी

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: विमान खसाल्न विषाक्त ग्याँस या बम प्रयोग गर्ने तयारी थियो
विमान खसाल्न विषाक्त ग्याँस या बम प्रयोग गर्ने तयारी थियो
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/07/7.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/07/7.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।