भेनेजुएलाको निर्वाचनमा ४१ प्रतिशतमात्र मत खस्यो : निर्वाचनका क्रममा १० जनाको मृत्यु

भेनेजुएला ।  भेनेजुएलामा आइतबार सम्पन आम निर्वाचनमा भएको हिंसाका क्रममा दश व्यक्तिको मृत्यु भएको छ । राजनीतिक सङ्कट समाधान गर्नका लागि संव...

भेनेजुएला । भेनेजुएलामा आइतबार सम्पन आम निर्वाचनमा भएको हिंसाका क्रममा दश व्यक्तिको मृत्यु भएको छ । राजनीतिक सङ्कट समाधान गर्नका लागि संविधान पुनर्लेखन गर्न भन्दै यहाँका राष्ट्रपतिले नयाँ शक्तिशाली निकायको भन्दै निर्वाचनको आह्वान गरेका थिए । तर सो निर्वाचन निकै विवादमा परेको छ । निर्वाचनको औचित्य र वैद्यतामा प्रश्न उठाइएको छ ।
यस निर्वाचनको क्रममा मारिएकामा एकजना सैनिक पनि परेका छन् । नयाँ संविधान सभाका लागि भन्दै गरिएको सो निर्वाचनमा उठेका एक उम्मेदवार, दुई प्रदर्शनकारी युवासमेत निर्वाचन हिंसामा परी मारिएका छन । भेनुजुएलाका राष्ट्रपति निकोलास् मादुरोले यस निर्वाचनमा आफू विजयी भएको दावी गरेका छन । अन्तर्राष्ट्रिय जगतले संविधानसभाको लागि भएको यस निर्वाचनको आलोचना गरेको सोमबार जनाइएको छ । उनीहरुले यस निर्वाचनको बैद्यतामाथि प्रश्न गरेको छ ।
अन्तर्राष्ट्रिय जगतले यसलाई राष्ट्रपति मादुरोको शक्ति बढाउने काम मात्र भएको टिप्पणी गरेको छ । कैयाँै देशले यो निर्वाचन अनावश्यक भनेका छन ।भेनुजुएलाका प्रमुख निर्वाचन अधिकारीका अनुसार यस निर्वाचनमा ४१.५३ प्रतिशत मात्र भोट खसेको थियो । विपक्षीले यस निर्वाचन बहिष्कार गरेका छन् । तर पनि आठ लाख भन्दा बढी मतदाता रहनुलाई ठूलै उपलब्धि मान्नुपर्ने राष्ट्रिय निर्वाचन परिषद प्रमुख टिबिस लुसेनाले बताएका छन ।
भेनेजुएलाको प्रतिपक्षी गठबन्धन समूह डेमोक्रेटिक युनिटी राउन्ड टेबल (एमयूडी) ले वर्तमान राष्ट्रपति निकोलास मादुरोले भेनेजुएलामा राजनीतिक सङ्कट चरम सीमामा पुग्दासमेत समाधान गर्न नसकेको आरोप लगाउँदै अएको थियो । आर्थिक सङ्कटसमेत चुलिएको भन्दै विगत चार महिनायता त्यहाँ आन्दोलन जारी राखेका छन । सो आन्दोलनको क्रममा १२० नागरिकको ज्यान गुमाइसेका छन ।
भेनेजुएलामा प्रतिपक्षी समूहले निर्वाचन विथोल्न पछिल्लो ४८ घण्टा आन्दोलनलाई थप सशक्त बनाएको थियो । उक्त समूहले मादुरो संसदमा अल्पमतमा परेकाले संसदीय विरोधलाई छल्न संविधानको ‘प्रपञ्च’ रचेको आरोप लागाएका छन । सो निर्वाचन ५४५ सदस्यका लागि भएको हो । जहाँ छ हजारभन्दा बढी उम्मेदवार भए पनि एकजना पनि उम्मेदवारले विपक्षी दलको तर्फबाट भाग नलिएको बताइएको छ । रासस÷एएफपी

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: भेनेजुएलाको निर्वाचनमा ४१ प्रतिशतमात्र मत खस्यो : निर्वाचनका क्रममा १० जनाको मृत्यु
भेनेजुएलाको निर्वाचनमा ४१ प्रतिशतमात्र मत खस्यो : निर्वाचनका क्रममा १० जनाको मृत्यु
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/07/6.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/07/6.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।