बेलबारी । खेलकुद मार्फत नगरको पहिचान स्थापित गन उद्धेश्यका साथ मोरङको बेलवारी नगरपालिका–११ लक्ष्मीमार्गमा एलएक्स रन आयोजना हुने भएको छ । ल...
बेलबारी । खेलकुद मार्फत नगरको पहिचान स्थापित गन उद्धेश्यका साथ मोरङको बेलवारी नगरपालिका–११ लक्ष्मीमार्गमा एलएक्स रन आयोजना हुने भएको छ । लक्ष्मीमार्गमा स्थायी बसोबास भएका र हाल बेलायत लगायत अन्य मुलुकमा रहेका युवाहरुले एल.एक्स. रन ५ किलोमिटरको खु्रल्ला दौड प्रतियोगीता सञ्चालन गर्ने भएका हुन ।
युवाहरुको समुह लक्ष्मीमार्ग विकास सहयोग संस्थाले सोमबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी उक्त दौड प्रतियोगिताको बारेमा जानकारी दिएको छ । यही साउन २१ गते शनिबारका दिन आयोजना हुने सो ५ किलोमिटर दौड प्रतियोगितामा पुर्वाञ्चलका विभिन्न स्थाबाट करिब ४ सय खेलाडीले सहभागिता जनाउने आयोजकले अपेक्षा राखेको छ ।

सो प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुष प्रतियोगिलाइ नगद १५ रुपैयाँ, दोस्रोलाई १० हजार, तेस्रोलाई ५ हजार र १६ वर्ष मुनिका लाई प्रथम पुरस्कार ५ हजार,दोस्रोलाई ३ हजार र तेस्रोलाई २ हजार रुपैयाँका साथै पमाणपत्र समेत प्रदान गरिने संस्थाका अध्यक्ष गोविन्द भण्डारीले जानकारी दिए । प्रतियोगितामा ४० वर्ष भन्दा माथिका प्रतियोगीमध्ये प्रथमलाई ३ हजार,दोस्रोलाई ३ हजार र तेस्रोलाई १ हजार रुपैयाँका साथै पमाणपत्र समेत प्रदान गरिने संस्थाका कार्यक्रम संयोजक कमल लिम्बुले पत्रकार सम्मेलनमा जानकारी दिए । सो दौड प्रतियोगिताका लागि आर्थिक सहयोग गर्ने संस्था वा व्यक्तिलाइ सम्मान समेत गरिने जनाइएको छ । प्रतियोगिताका लागी अन्तिम तयारी भइरहेको लिम्वुले वताए ।